Thursday, July 2, 2009

बाहुन भित्रको बिज्ञान

(यो ब्लॉग सुरु गर्दा साहित्य संसार भन्दै खोले पनि मनै त हो, यो गंगटे-बाक्कल लाई पनि ठाउं दिउँ दिउं लाग्यो।)
हामी नेपाली अझ बिशेस गरि बाहुनहरु जति भाग्यमानी छन भने पनि खान हुने, खान मिठो र स्वस्थाबर्धक हुने, खांदा रमाइलो लाग्ने जति बर्जित गरेपछि के खाने भनेर यस्तो नियम बनाए कुनि जस्तो लाग्छ ? सोम रस पनि नहुने, बाहुनको मुखमा च्याऊ त झन भन्नै परेन, गंगटा, सुन्गुर, कुखुराको मासु खानै नहुने। खाए पनि खसीको मासु, दूध र भात(पुग्यो भने) नखाए पनि तेहि।
रसायन शास्त्रले के भन्छ भने जति बड़ी इन्ट्रोपि भयो तेती बढ़ी स्थायित्व हुन्छ।राजनीती ऐले धेरै बाहुनले गरेको भएर यस्तो भएको त हैन? धेरै टाइट भएर बसेको बाहुन ग्राउंड स्टेटमा ओर्ली इन्ट्रोपि बढ़ी भएको अर्कै पदार्थ बन्न लागेर हाम्रो राजनीति एस्तो भएको त हैन? राजनितिमा भने ऐले इन्ट्रोपि धेरै भएर होला जताततै तोड़फोड़ चलेकै छ। यी राजनीती र रसायन मिल्दो रहेन्छ भन्ने ज्वलन्त उदाहरण। जति कम इन्ट्रोपी भयो उती राजनीती स्थिर हुन्छ।
फेरी पनि स्ट्याबीलिटी को कुरा गर्दा,गंधर्ब बिहे गर्यो भने जात गयो, इररिभरसिबल रियाक्सन, जति रेट्रो गरे पनि बाहुन बनाउन नसक्ने। त्यसैले बाहुन न्याचुरल प्रोडक्ट हो की जस्तो लाग्छ। धन्न रिन्विएबल रिसोर्स भएकाले लोप हुने बर्गमा दर्ज भएको छैन। समय संगै परिबर्तन नहुँदा भोली यसरी नै जात फेर्दै गए भने हामीले पनि आरक्ष्यन पाउन लड्न त पर्दैन?
माथिको परिबर्तनमा देखाए जस्तै गन्गटोको बाक्कलबाट किटोसान बन्छ, गन्धर्ब बिहे गरे जस्तै। फ़र्किएर जान्न। हामी गंगटा खाएको खायै, आउने किटोसान फालेको फ़ाल्यै, बाताबरणलाई उही आपत। एही रफ़्तारमा गए गंगटा पो के रहलान र? र रेट्रो सिंथेसिस बाट कहिले पनि बनाउन नसक्ने बाहुन पनि !
के हामीले हामीलाई सम्रक्ष्यन नगर्ने?

4 comments:

दूर्जेय चेतना said...

गजब कुरा गर्नु भो सरले। हासो पनि लाग्यो। त्यहि खान हुने राम्रो कुरा खान हुदैन भनेर बाहुनहरु साधरणतया दुब्ला पातला भएका होलान्। तल्लो जातसंग बिबाह गर्दा बाहुन नबनाउने बरु क्षेत्री तीर झार्ने तरिकाले पनि एक पटक चाहिँ बाहुनहरुको संकट हुन्छ जस्तो छ। खान पर्ने कुरा नखाएर पनि होला बाहुनको नश्लको बिकास हुन सकेको छैन है। सायद राजनितिमा पनि यसको असर परेको होला हा हा हा । रमाईलो कुरा उठान गर्नु भयो सरले रसायनिक पाराले।

Dhakal Rabi said...

मेरो आशय यसरी लागोस है; बाहुन बढ़ी इन्त्रोपी(स्वतंत्रता, न की भद्रगोल) युक्त होस, समय अनुसार परिबर्तन हुँदै जाऊं, सकिन्छ जात जम्मै हटाऊं, सकिन्न जात छान्न दिउँ बाहुन नै रहने की अर्को माँ जाने. की बदोत्तारीको पनी बेबस्था गरौं. जात जात को द्वेस फालौं, जातीय समता बढाओं. मेरो लेख को आशय यही हो है.

दूर्जेय चेतना said...

maile pani tai aashaye ma vaneko ho hai... sidhai nabujnu hola hahahaha

Dhakal Rabi said...

I also agree with you arjun ji. I have taken your note in this connection, the same.

Post a Comment