Monday, July 5, 2010

बांदरिकृत मनुष्य !!!


मेरी कुप्री हजुर आमा कुप्री कुप्री नै मरिन
मेरा कुप्रा हजुरबा लौरोले तन्किन खोज्दा खोज्दै बीते
मेरा बा आमा सिउंडीको बारमा झुन्डिदैंछन
मेरा ठुलाबा, ठुलीआमा सम्झंदै छन,
मेरा काका, काकी सम्झंदै आफ्नो ढाड सोझ्याउंदै छन,
टुकी बाली बाली ढाड कुप्र्याएको मान्छे,

गुन्द्रिमा टुपी कसी कसी ढाड कुप्र्याएको
मान्छे,
आज तेहि ढाड ढुंग्रामा सोझ्याउदैंछु,
मेरो भाई खाडीमा हंसियाझै
न्याकिएको ,
मेरो भतिज युकेको ट्यूबमा करौंती झै निउरिँदै
,
मेरा भान्जा मलेसियामा ढाड सेकाउंदै भागाभाग गर्दैछ्न,
मलाई लाग्छ,
स्कुलमा न्याकिएका छोरा भतिजका संततिहरु
जन्मँदै बी&बी का सुडिनीका साथ हुनेछन,
अंतत पक्कै मेरा संतानमा
चारखुट्टे बांदरिकृत मनुष्य हुँदै छु।

मलाई हिडन भन्दा माइक्रोमा कुप्रिनु ,
स्वाभिमानको भन्दा गुलामीको आदत ,
बनाउने भन्दा भत्काउने लत ,
खोज्ने भन्दा चोरने आदत ,
घाऊ टालेर शान्ति ल्याउन भन्दा
मुटु चिथोर्न रहर लाग्छ,
जित्न त्यति रूचि छैन,
चोरी घ्यापमा पोख्त छु,
यस्तै हुने रहर जो लागेर आउँछ,
त्यसैले,
पक्कै मेरा संतानमा
चारखुट्टे बांदरिकृत मनुष्य हुँदै छु


2 comments: