अहिले सम्मका घटनाक्रम र अनुभबले के सिध्द गरेको छ भने कुनै पनि देशमा भएको र हुने राजनैतिक र सामाजिक परिबर्तन संगै देशको दिर्घकालिन स्थायित्वको एक मात्र सूत्र भनेको बिज्ञानको बिकास मार्फ़त गरिने आर्थिक क्रान्ति नै हो। बिज्ञानको बिकाश जिज्ञासु बैज्ञानिकको अबलोकन र लगनशीलताबाट सुरु हुन्छ। बिसिको इरामा नै यही अबलोकन बिधिबाट तारा, ग्रह, सूर्य आदिको गति र अबस्थिति निर्धारण गरिन्थ्यो। हुन त अस्तिताका सम्म शुक्र हेरेर हाम्रा हजूरआमाहरूले समयको निर्धारण गर्नुहुन्थ्यो। यसले के देखाउंछ भने यो बिधिको महत्व ज्यादै ठुलो र बिस्त्रित छ, र अझ मुख्य कुरा, यो काम गर्न झोला बोकेरै स्कुल र बिश्वबिध्यालय धाउनै पर्छ भन्ने पनि छैन, अनि चार्ल्स डार्विन र न्यूटन नै बन्नु पर्छ भन्ने पनि छैन। सूर्य ग्रहण लाग्ने र छाड़ने समय, मनसुन सुरु हुने र अन्त्य हुने मात्रै हैन, हरपलको मौसम सम्बंधित जानकारी पाउने जनताको जुन अधिकार छ, त्यों अधिकार दिने भनेको पनि बैग्यानिकले नै हो। अर्केमिडिजले ल अफ इकुलिब्रिएम सुरु गर्नु भन्दा पहले देखि नै जोख्ने काम त भएको थियो, तर बस्तु देखेर कल्पनाको बढोत्तरी हुन्छ भन्ने मार्क्सको सिद्दान्त अनुसार दिन दिनै नया आबिस्कार गर्न सजिलो पनि हुँदै गएको छ। प्राग ऐतिहासिक समयबाट जसरी बिज्ञान अबलोकन, सिद्दान्त प्रतिपादन, बिस्त्रितिकरण हुँदै नयाँ नयाँ आबिस्कार गर्ने चरणमा प्रबेस गर्यो, मान्छेले आफ्नो जिबनलाई सहज र परिस्कृत बनाउँदै पनि लग्यो। एउटा सिक्काको दुइओटा पाटा भए जस्तै हरेक चीजको उज्यालो र अँध्यारो पक्ष हुन्छन। जर्मन बैग्यानिकले बनाएको ग्यास चैम्बरमा पोल्यांडका थुप्रै बालबालिका, महिला सहित थुप्रै युबाहरुको इहलीला समाप्त पारियो, अमेरिकनले परमाणबिक बम बनाएर जापानको दुई शहरमा नरसंहार पनि गरे , तर देशको र बिज्ञानको बिकास रोकिएन। मैले पोलैंडमा देखेको गैस च्याम्बर र भुत बंगलाले मलाई स्तब्ध बनाएको थियो जहाँ नागरिकलाई युद्दले एक चोटी हैन बारबार सताएको थियो. त्यस्तै गरी नागासाकी र हिरोसिमाले पनि मलाई भाब बिह्वल बनायो जहाँ त्यों देशका मान्छेलाई औडाहा बनाएर आत्मादाहा गर्न बाध्य समेत पारेको थियो, तर तिनै पोलिश र जापानिजको बिज्ञान र बिकास प्रतिको मोह पनि कहिल्ये भंग भएन. यसले के बुजाउंछ भने युद्द र बिज्ञान जोडिएर आए पनि तिनीहरुको अन्तर्निहित स्थान अलग भएकै कारण कसैले पनि यसको महत्व रोक्न सकेनन या चाहेनन। अब आएर बौद्दिक सम्पतिको बिनिमयको कारण हरेक ठाउँमा हरेकले अनुभव र अबलोकन नगरीकनै उक्त सेवा पाउन सक्छौं। सबैले सबै थोक जान्नु पनि पर्दैन र एकैथोकमा सबैजना झुम्मिन पनि हुँदैन।
बिकासको क्रम बडदै जांदा अहिले सारा संसार एउटा गाऊं जस्तै भएको छ. एउटा गाउँको सानो आबिस्कार पूरा बिश्वको सम्पदा बन्दैछ, एउटा बैग्यानिकको सम्मलेन कुनै गाउँको कचहरी जस्तै बन्दैछ। तर ठीक तेत्तिनै बेला हामी नेपाली भने ग्लोबल कुवा हैन मजेरिमा कुवा खानेर आत्मारती लिंदै छौं। हाम्रो एउटा सानो घरको परिबारलाई समेत गुम्रहामा पारेर हाम्रै घर मालिकको चरणस्पर्समा लिप्त भैदिए आफ्नो जीबन सफल हुन्छ भनठान्ने नयाँ जमींदार जन्माउँदै छौं।सामाजिक उथल पुथल पछि हुनुपर्ने आर्थिक क्रान्तिको आशैआशमा जयतु संस्कृतम सेलायो, २०३६ सालको स्वतन्त्रताको चाहना सेलायो, २०४७ सालको बिश्वको नंबर १ भनिएको संबिधान सुस्तायो र ५२-६२ सम्मको जबरजस्त गरिएको सामाजिक र राजनैतिक उथल पुथल पनि सेलाउँदै छ । सामाजिक परिबर्तन संगै आर्थिक उन्नति चाहने सांढे २ करोड़ नेपालीको भाबनाको दांईं गर्दै हामी कति बेर यो प्रधानमन्त्रीको कुर्चिको मियोमा घुमिरहने हो? त्रिभुवन बिश्वबिध्यालयको मियो पनि प्र.म, एक मात्र अनुसंधान केन्द्रको मियो पनि उनी नै ।

अब यो देशमा केंद्रीकृत दांईं हैन कि,बिकेंद्रित दांईं गर्नु पर्ने बेला भएको छ। राजनैतिक दांईं, आर्थिक दांईं र सामाजिक दांईं गर्न ढीला भैसकेको छ र यसको लागि छुट्टा छुट्टै मियो गाडन जरुरी छ। अब म राजनैतिक र आर्थिक भन्दा पनि बिज्ञानको दांईं र मियोमा प्रबेश गर्न चाहन्छु।
राज्यमा हुने बिज्ञानको मियो भनेको बिज्ञान तथा प्रबिधि मंत्रालय नै हो, जो सक्षम र सबलको त कुरै छोडौं कसैको रोजाईमा पनि पर्दैन। जहां रकम छैन, केही गरेर देखाउन्छु भन्ने अठोट र इच्छाशक्ति छैन, अनि तेस्तो मियो जुन काठको राखे पनि के भयो र? चिलाउनेको राखे पनि के, सालको राखे पनि के, दुई फंको घुम्ने बित्तिकै पड्कने बांसको राखे पनि के? त्यसैले हरेक पटक उक्त मंत्रालयमा नियालोको मियो राखिने गरेको छ। अनि निर्देशन आउँछ, बिस्तारै मिलाएर घुमौं है! कहिले कही भद्रगोल कम गरि भद्रभलाद्मी मिलेर दांईं गरौं कि भने पनि स्थायीत्वको अभिब्रिदिको लागि स्वछ्न्दता मन पराउने प्राक्रतिक गुणमा अब्यस्थ भएका हामीसंग संभव हुने कुरा पनि भएन । यो मन्त्रालयको क्षमता, बजेट, र आत्मानिर्णयको अभिब्रिद्दी गर्न दिन ढीला भैसकेको छ। यसमा सोचने हो कि?

अर्को अंग छ, नेपाल एकाडेमी अफ साइन्स एंड टेक्नोलोजी, जसको चान्सलर एक राजनैतिक ब्यक्ति प्रधानमन्त्री छन। यो अंगका कार्यकारी प्रमुख पनि राजनीतक रूपमै नियुक्ति गरिने हुंडा ब्याबसायिक ब्यक्तित्व छानिने संभाबना अरु संघ संस्था जस्तै यसमा पनि कम हुन जाने नै भयो। यदी यस्ता गैर राजनैतिक संस्थालाई जुन पार्टी सत्तामा आएपनि बिना भेद्भाब सहयोग गर्दै जाने र आबस्यक बजेट निकासा गरिदिने हो भने यो देशको प्राक्रतिक सम्पदा हाम्रो हितको लागि भरपूर सदुपयोग गर्न सकिन्थ्यो। उता यही संस्थालाई आबस्यक पर्ने मानबीय शक्ति उत्पादन गर्ने त्रिबिबी भने शिक्षकको तलब खुवाउनै चिन्ता गर्नु परेपछी पढाईको स्तर खस्कने कुरा निर्बिबाध छ। र यस्मा बिराजमान भएका ब्यक्तित्वहरुको क्रियाशीलता र इच्छाशक्ति यो संसारको कुनै पनि बिस्वबिध्यालयमा देख्न नपाइने दुर्लभ र धीमा छ. त्यों भन्दा ठुलो सामाजिक समस्या भनेको भ्रष्ट कर्मचारीको बड़्दै गरेको रबाफले इमानदार बर्गमा नैरास्यता बढाएको छ। अनि अग्रज हेरेर पढने हाम्रो समाजमा कुन चाहि बिद्यार्थी इमानदार बन्ने अठोटका साथ पढने छ र? रसायनशास्त्र पढ्दै गरेका बिद्यार्थीलाई टेस्ट ट्यूब छुवाएर मात्रै पुराना कुरा सिकाएर देशले के नयाँ कुरा पाउन्छ? सुन्तालाको दाना झिक्ने या धानमा अरु संतुलित तत्व राख्न सक्ने बायोटेक्नोलोजी नपढाएर, बयोटेक्नोलोजीको उपादेयता नै के छ र?
यी सम्पूर्ण समस्याको तत्काल राजनैतिक रुपमा समाधान गर्नु पर्ने छ र यो काम जसबाट शुरू गरे पनि स्वागत योग्य नै हुनेछ। यो ग्लोबल भिलेजमा आफ्नो इज्जेत र प्रतिष्ठा जोगाउन भने पनि यो बिषयलाई गम्भिरताका साथ सोच्नु पर्ने जरुरी छ। जसरी हामीले ६२-६३ पछि राजनैतिक क्रम भंग गर्यौं, तर सामाजिक र आर्थिक क्रम भंग गर्ने कुनै लक्षन देखाएनौं. नेकपा माओबादी यति ठुलो कुर्बानी गरेर जुन राजनैतिक परिबर्तन त गरियो, त्यसपछि स्वत जानू पर्ने आर्थिक बिकास र सामाजिक परिबर्तनको लागि केही उल्लेख्य प्रयास त भएका छन, तर ति कुनै पनि हिसाबले तृप्ति गराउने खालका छैनन. अझ त्यसमाथी शिक्षा र अझ यस भित्रको बिज्ञान यति पछि पारिएको छ, त्यसलाई कुनै पनि टाल्टुले र झिनामशिना प्रयासले इज्जेत ढाकने सम्मको पनि काम हुने वाला छैन. त्यसैले यी सबै समस्याका पोका फुकाउनु भन्दा पहिला समाधानका जुक्ति पनि प्रकाश पार्नु जरुरी हुन्छ, र त्यसलाई पूर्ति गर्ने बाटो देखाउने काम यही क्षेत्रमा काम गरेका मान्छेको हुन आउंछ.भन्ने बिश्वसका साथ मलाई सुझेका र यसमा उल्लेख गर्न भ्याउने उपायहरुलाई गिन्तीबद्ध गर्न मन लाग्यो जुन निम्नानुसार छन:
१. सामाजिक, राजनैतिक र आर्थिक भ्रष्टिकरण कम गर्दै लैजाने: अनाबस्यक मनोरंजन र सामाजिक प्रतिष्ठाको सबाल भन्दै गरिने फजूल खर्च कम गराउन जनचेतना जगाउने, र संग संगै भ्रष्टाचार नियंत्रण गर्दै जाने हो भने बिस्तारै हामी यही ट्रैकमा फर्कने छौं. फेरी पनि यो काम गर्न राजनैतिक इच्छाशक्तिको जरुरत पर्दछ. यो काम अब जनता तहबाट भन्दा पनि नेतृत्वबातै शुरू गर्नु पर्ने भएको छ, यति लामो त्याग र बलिदान गर्दै खारिँदै आएका हाम्रा नेतागणबात यो काम हुन्छ भन्ने कुरामा आश गर्न सकिन्छ.
२। क्षमता भएका ब्याक्तिहरुलाई बेलगाम खोज र बिकाश(R &D ) गर्न दिने हो भने हाम्रो बिग्यानको क्षेत्रमा गिर्दै गरेको साखको अभिब्रिद्धि हुनेछ। त्यों गराउन बिश्वबिध्यालय, नास्ट, नार्क, रिकास्ट जस्ता संस्थाहरुमा गरिने लगानी बढाउनु पर्ने छ र यिनिहरुमा गरिने राजनैतिक हस्तक्षेप तत्काल बन्द हुनु पर्छ.
३.स्कुल एबम बिश्वबिध्यालयको पाठ्यक्रममा परिबर्तन: गणित भनेको उत्तरमाला मिलाउने, बिज्ञान भनेको प्रक्रियाको जबाफ दिने, भूगोल भनेको राजधानी घोक्ने खालको पढाई पढेर हामी हाम्रो प्राकृतिक श्रोत साधनको सदुपयोग गर्न सक्दैनौं। तर यही काम गर्न पनि सर्बप्रथम आफ्नो देशको सम्भाब्याता बुझ्नु पर्ने हुन्छ र फेरी पनि यसको लागी समेत लगानी बढाउनु पर्ने हुन्छ। प्रयोगात्मक शिक्षाको अभाबमा जसरी हामी नीरस पढाई पढ़ी राखेका छौं, त्यों हटाउन पनि पाठ्यक्रमको परिमार्जन जरुरी छ, हामी अहिले अरुलाई चाहिने जनशक्ति उत्पादन गर्दै छौं, अब यो क्रम भंग गर्नु पर्दछ।
र अन्तमा,
बिज्ञानमा गरेको लगानीको प्रतिफल ढिलो उठ्छ, तर कैयौं गुना बढ़ी उठ्छ। केही बर्ष हामीले लगानिका बर्ष भनेर किट्यौं भने हामीले प्रतिफलका थुप्रै बर्ष पाउने छौं. आशा छ, राजनैतिक नेतृत्वसंग यो गर्ने धैर्यता र इच्छाशक्ति पलाओस, जसले गर्दा हामी सम्पूर्ण नेपालीको सामाजिक, आर्थिक र बौद्धिक बिकास हुने यथेस्ट मौका मिलोस।

Its very true Rabindrajee.
ReplyDeleteJiba Raj
बिग्यानको बिकाश नभै देश सम्ब्रिध्ध साली हुदैन। यो चै पक्का हो
ReplyDeleteits true and fantastic .
ReplyDeletebarma