असजिलोमा त सबै छन
जिउन भने सजिलो हुन्छ,
तर सजिलोमा जिउन
बहुत असजिलो छ,
॥
नदी छ, बिजुली छैन,
पानी छ, कुलो छैन ।
खेत छ, धान छैन,
भकारो छ, गोरु छैन,
बुहारी छ, छोरो छैन
पैसा रेमिट छ, तर काम छैन।
॥
कर तिर्नु भन्दा छलन सजिलो छ,
बिजुली ल्याउन भन्दा अंकुस लगाउन सजिलो
भ्रष्टाचार रोक्न भन्दा गर्न सजिलो छ,
देश बनाउन भन्दा छोड़न सजिलो
टायर बनाउन भन्दा पोलन सजिलो छ,
सुन्न भन्दा गफ हाँकन सजिलो
पढ्न भन्दा किताब पढाउन सजिलो छ,
किन्न भन्दा किताब लेख्न सजिलो
॥
अजबमा नभएको गजब को देश छ हाम्रो
जोडीन भन्दा टुक्रिन सजिलो,
बोक्रिन भन्दा खोक्रिन सजिलो छ,
र त हामी
नाकका मात्रै कुरा गर्छों,
बिचारा मुख भोको भएको सताब्दी भयो
न यसको बात छ, न रातो पिरो छ,
संगीको अनुहार स्याऊ जस्तो छ,
संगै हुर्केको बिचरो यो देशको मुख
ठाउँ न कुठाऊंमा चाउरी परेको
मुलाको गुन्द्रुक जस्तो छ।
0 comments:
Post a Comment