Thursday, November 5, 2009

बहिनीलाई चिट्ठी

(मिति २०६६ कार्तिक १७ गते साप्ताहिक पत्रिका जनादेशमा प्रकशित: पुरानो टांसोबाट साभार गरिएको)

मेरी प्यारी बहिनी सप्तगण्डकी,
अबिरल बग्ने सहयात्री,
मलाई राम्रै थाहा छ तिम्रो कहर, मेरो कहर एकै
तिम्रो मेरो रहर अनि निएती पनि एकै
भेट्नु छंदैछ पर घरमा
तर हेर त,
हाम्रो नशाको पाबन्दी?
कति सुसाउँथेऊँ है?
कति गड्गडाउँथ्यौं है?
तर आजकल,
न आंगनमा नाच्ने आंट छ
न खलियानमा उर्लने सामर्थे,
तिमी त्यहां, म यहा
बर्षौं भयो नि है,
पटियानी छाडी पटलीपुत्र सिन्चेको
सुनसरी छाडी सितामडी भिजाएको
सुनेको थिएं गाईंगुईं, गन्धर्ब कन्यादानको
न मलाई थाहा छ, न मेरालाई थाहा छ
अनि त के चाहियो र?
फसेछु म आफै बतासे गर्भाधानमा
नरेको प्रयास, लुरेको साहस
अनि काकाको निहुरेको शिर
मेरो के नै लाग्थ्यो र?
अरुणिमा केही बोल्दैथी, तमु भाई हल्ला गर्दै थियो
भोटे दाई सकेसम्म के जागेको थियो
समयका पर्खालहरू हाम्रो नशामा निसहाय ठहरिए
म उन्मुक्त भएर बगें
तर अफसोच,
जे नहुनु थियो, त्यही भयो
न घरमा छोरो रह्यो, न गोठ्मा पाडो
न खेतमा बालो रह्यो, न फाँटमा कुलो,
बिनासै भयो
ऐले घर पोलेर पुष ताप्दैछु,
सायद, चैत अघि नया घर पो बन्छ की?
मूल घर त पक्कै साहु कै हुन्छ,
पालीको खोपी चाही तकिरहेछु
सुन त,
ठुली दिदी को त यो हाल छ
बेथा एकै त हो नी, होसियार हुँदै गर्नु,
यो भाबितब्बे सकेसम्म टार्ने यंत्रणा गर्नु,
मर्स्याङ्दी र कालीलाई अरुण र तमोर कै संदेश सुनाईदिनु,
त्रिशूली र सेतीलाई मेरो कहानी भन्दिनु,
सायद,
कुमाल, दरै र थारूहरुको
बालो र पाडो त हराउन्न कि?
बरु बेला छँदै,
आफ्नै दाइलाई,
दसौं हजार कुवा खन्न भन ,
अनि सजिबनको छेकबार लगाउन पनि भन
सांचै भानौं?
परदेसको फलामे पातो भन्दा घरेलु कर्कलोकै पात बेस
गंगामा भेट्नु भन्दा त
बरु कतै,
कमलामाई या ढल्केबारको कुलामा नै भेट्नु बेस

Tuesday, November 3, 2009

बाक्लिँदै गरेको फ्लू र पातलिँदै गरेको त्रास

एउटा कुखुरा भित्र फ्लू फेला पार्ने बित्तिकै कयौं कुखुराको इहलीला समाप्त पारियो र भन्ने गरियो यो त अति डरलाग्दो महामारी हो जसलाई कांडेतारले पनि छेक्न सक्दैन, रसियामा आयो भने चरासंगै कोशी टापूमा पनि पुग्छ, जापान र चीनमा पनि पुग्छ भन्दै प्यानिक गराउनु सम्म गरायौं। फेरी स्वाइन फ्लू आयो, इज्ञिप्टले मौका पायो क्रिस्चियनहरुको संपूर्ण सुंगुरहरुको ब गराउने निर्देशन दियो, कति लागू भयो कुनि, त्यों चाही थाहा भएन। तर जापानले धेरैलाइ अध्यागमनबाट दौडायो। अनि भित्र भित्रै फ़ाट्ट फ़ुट्ट देखिन थालेपछि भने अब छेकने हैन, जोगाउने भन्दै अस्पताल तिर लाग्यो।
हामीलाई रुघा खोकी त लाग्ने गरेकै हो जसलाई हामी सामान्य नै ठान्छौं। बेसार पानी पिएर या निबुवा सांधेर रुघा लखेट्ने यज्ञ नै गर्छौ। तर अहिले आएको स्वाइन फ्लू, या बर्ड फ्लू गराउने H1N1 या H5N1 भन्ने भाइरसले आम मान्छेलाई त्राही त्राही बनाएको छ। यो भाइरस पनि कमन कोल्ड जस्तै ज्वरो ल्याउने, हाक्ष्युं गराउने, घांटी खसखस गराउने अर्को भाइरस हो भन्ने हल्ला फ़ैलाउन ढीला गर्यौं भने सायद अरु मान्छेलाई रोगले भन्दा रोग लाग्ला भन्ने डरले तान्न कति बेर लाग्दैन।
प्रसंग आफ्नै, सिंगापुर यात्राले हामीलाई पनि एउटा जनै भिराएर पठाइदियो। त्यों जात नछुट्टिएको जनै बर्ड फ्लू पनि हुन सक्छ, स्वाइन फ्लू पनि हुन सक्छ, र अरु कुनै। पालै पालो घर भित्र छिरेको त्यों भाइरसले घांटी त खसखस बनायो नै तर त्यों भन्दा बढ़ी हाम्रा अग्रजहरुले भनेजस्तै कतै फ्लूको कुरा बढ़ी नै काटेको भएर भएको खसखस जस्तो लाग्यो। सार्है ठुलो कहर काटेर उम्कियो यसपालीको फ्लूको प्रकोप। परिबार सबै बिस्तारामा, खानेकुरा सबै बजारमा, ओमियागे (खाद्दे पदार्थको सौवेनिएर) फ्रीजमा, O2 र CO2 जम्मै मास्कमा, चिट्ठी पत्र ढोकामा। जे होस नया अनुभब संगै प्रतिरोध क्षमता पनि बिकास गरियो जस्तो लाग्यो । तर एउटा अनौठो के अनुभव भयो भने ३ जना बिरामी हुंदा थरि लक्षण देखियो, यो ६ अरब मान्छेको हाराहारिलाई जम्मा जम्मी ६-७ ओटा लक्षणले के धान्ला? आशा गरौं, अब आउने दिनमा यो रोग संग लड़ने क्षमता सबै संग आओस, मोहोलो लाएर भएपनि रेगुलर काम गर्न पाओस, भाइरसले फेला पारे पनि ब्याक्टेरियाले नछोओस। लागिहाले पनि नाआत्तियौं, यो अर्को रुघा हो, निको भैहाल्छ, तस्बिरमा जस्तै साबधानी अपनायौं भने। (तस्बीर- http://health.msn.com बाट)


Sunday, November 1, 2009

गमला नै तरकारी बारी!

गोलभेंडा नभए हाम्रो नेपाली तरकारी श्रीमती नभएको गृहस्थ जस्तै हुन्छ, अनि बेस्वाद्को त्यों तरकारी संग खाइने भातको पो के स्वाद हुन्थ्यो र, बाबु आमा नै नभएको परिबार जस्तो ? टोम्याटो फलाउनु भित्र पनि ठुलो रहस्य हुन्छ भन्ने कुरा बल्ल मेरा भित्री नेत्रले थाहा पाए, आफ्नै चक्षुले देखें, र अहिले आफ्नै हातले टिपेर खांदैछु। एउटा झुत्तो भित्र ७० ओटा सम्म फल्छ भन्ने कहाबत सुनेकै हो, ५० ओटा देखेकै हो, तर आफुंले लगाएको बोटमा भने २० ओटा सम्म त फले, बड्ने संभाबना भने अझै छनै । हेरौं त यो झुत्तो अंगूर झैं लर्किएको ! एउटा बोरामा फलेको टोम्याटोले यति फसल दिन्छ भने गरा भरी लगाए के होला? (के हुन्थ्यो, म किसान हुन्थे होला। )
अर्कोफसल उही र उत्रै साइजको बोरामा फलेको काँक्रो। आन्ख्लै पिछ्छे फलेको कांक्रो अब त जाडो सुरु भयो भनेको फल्न छोड़्दैन क्यारे। स्वादिस्ट कांक्रो पनि खाइयो, घरैमा फलेको भने पछि भिन्दै माया र स्वाद्को हुने रहेछ नै। आफ्नो अपार्ट्मेंन्ट्मा एक इंच पनि जग्गा छैन, होस पनि कसरी लाम्खुट्टे पनि उडेर आउन नसक्ने तलामा जो बस्छौं। धन्न मन भए पछि र तनमा जांगर पलाएपछि गमला नै तरकारी बारी हुन्दो रहेछ । त केबल प्लास्टिकको बोरा र तेहि बोरामा राखेको १० किलो मलिलो माटो, र बार्दलीमा घाम ताप्दै गरेको त्यों बोरा अहिले तरकारी बारी भएको छ। उता लसून भने घरायासी कपबोर्डको घर्रा मा हुर्कँदै छ। डोकामा दूध दोएर पनि अडेको यो गतिलो प्रमाण। अझ, बारी न बोट, बढ़ा बढ़ा ओठ भन्नेलाइ गतिलो जबाफ। बिना बारीका बोटहरु


Sunday, October 25, 2009

शहरका सुखी मान्छेका दुखी ज्यानहरू

सानो हुंदा फुर्सद पायो कि बिना उदेश्यका खेल खेल्ने, जंगल जाने, पौडी खेल्ने, जेनतेन समय काटने गर्दा नचाहेर पनि शरीर तंदुरुस्त र फुर्तिलो बनेको बल्ल होस आउँछ। किन हो कुन्नि, कुनै बच्चालाई नसिकाउंदा पनि खेल्न लालयित नै हुने गर्छन। प्रकृतिले नै हामीलाई चलायमान हुन त सिकाएको रहेछ, तर यो होमो स्यापिन्स भन्ने जन्तुले अचल बनाउन भरपूर सहयोग गरेकै छ। अप्राकृतिक र भौतिक सुखले मान्छेलाई एकखालको आनन्द त दियो, तर संग संगै अदृश्य रुपमा शारीरिक भद्दापन पनि थोपरी रहेको छ। खाने कुरालाई थपक्क एक ठाउँमा छोडदा, आखिर निरोगिपन र शारीरिक सुसंगठन यही शरिरको तन्काई र खुम्चाईमा निर्भर गर्दो रहेछ भन्ने कुरा निश्चित प्राय छ। श्रब्यदृश्य कोठरी(TV), गणक कोठरी(कंप्यूटर,(?)) र दृष्य खेल कोठरी(विडियो गेम)ले मान्छेलाई हुनसम्म अल्छि बनाएको छ।
पहाडमा जन्मेर हुर्केपछि मान्छे माचो नभएपनी फुर्तिलो भने हुने नै भयो। फेरी पनि आफ्नै याद आउन्छ, ३-५ किलो को झोला बोकर त्यों उकालोमा गरेको स्यांस्यां र ओरालोमा बुर्कुसी मारेर मकै छोप्न घरै आइपुगेको अस्ति नै हो कि जस्तो लाग्छ। के को हुनु नि, जुग भएछ। तर अहिले, हेरौं त, दौडिए पनि आफु बसेको कुर्ची दौडिन्छ(गाड़ी) , हिंडे पनि किबोर्ड्मा औंला हिन्ड्छ । 'हजुर्बाले घ्यू खाथे, मेरा हात सूंघ सूंघ ' भनेर नहुने।
कि हातमा किताब कि कोदालो गर्नेहरुको शारीरिक सुसंगठन नभएपनी निरोगी भने भएको देखिन्छ नै। आख़िर काम गर्न पनि त दुख नै सही, कुनै मोटिभेसन त चाहियो नि। शहरिया सामाजिक रबाफले गर्दा ग्रामीण भेगका किसान र अन्य पेशा गर्ने जनताको मानसिकतमा बिस्तारै परिबर्तन आउदैछ, जून आफैमा एउटा देशको लागि अशुभ हो। त्यसैले, अब मान्छे ग्रामीण दुःख बाट मुक्ति पाउन शहरिया दुख खेप्न तयार हुँदै छ। शहरीया दुःख भित्र कोदालो हुन्न, उकालो ओरालो हुन्न, जंगल र नदीका शुशेली हुन्न, हुन्छ त केबल ; खोल्तिको दुःख हुन्छ, फेर्ने सासको दुःख हुन्छ, बस्ने इन्चको दुःख हुन्छ। त्यों दुःख पुरानो दुःख भन्दा सुख छ किनकी यस भित्र सामाजिक रबाफ छ, केही सुकिलो, केही सजिलो, केही आनन्ददायी र सम्भाब्यता बोकेको जीबन जिउनु सबैको चाहना हुन्छ, तर अफ्सोच हामी कहाँ भएका शहरहरू दुःख बोकाएर थोरै मात्रै शारीरिक नाफा दिँदै ठडिएका छन। न हिड्नु छ (नेपाल बन्द बाहेक) न खेल्ने उध्ध्यान छ, न एथेस्ट जिम हाउस छ, न यस्मा सबैको पहुंच छ। त्यों भन्दा बढी हामी कहाँ मोटाउनु र भुंडी पाल्नु या पलाउनु सामाजिक प्रतिष्ठासंग जोडिएर आएको छ, त्यों नै ब्यक्तिगत या शारीरिक स्वास्थको लागि प्रत्युत्पादक बन्दै छ। पाखुरा र पिंडौला बराबर भएका, घुंडा सुकेका तल माथी फुकेकाहरुको सामाजिक प्रतिष्ठा हुने भएपछि सबैको जोड़ त्यसैमाहुने नै भयो।
ग्लोबल रुपमा हेर्दा साना भानिएका एशियनहरुलाई केही हुनता बोध हुने गर्थ्यो, तर जब ब्रिहत अध्ध्यन् हुँदै आयो, मोटोपन् एक सामाजिक समस्या हो न कि रबाफ भनेपछि, बल्ल हामीजस्ता मरन्च्यांसेलाई पनि राहत भएको छ। वाल-e यानिमेसन हेरेपछि ऐले मेरो छोरालाई पनि कोम्प्युटरबाट धपाउन सजिलो भएको छ। फेरी वाल-ए बन्ने? भन्यो कि पुग्यो।
आशा छ, यो दुःख, सुख र फेरी पनि दुःख को चक्र नचलोस। एक जना दाइको भनाई जति बेला पनि मथिंगलमा घुम्छ, "जुन बेलामा जति खान पनि सक्थें, त्यो बेलामा पैसा थिएन! ऐले जति खाए पनि पैसा छ, तर केही खान हुन्न।"


Saturday, October 10, 2009

नयाँ नेपालको परिकल्पना र बास्ताबिकता


नेपाल एक स्वाधीन राष्ट्र भएको हुनाले हामी स्वाभिमानी नागरिक भएर बांच्ने सौभाग्य पायौं। यसरी शिर उचो बनाएर बाँच्न पाउने बिश्वका थोरै मुलुक मध्य हामी पनि एक रह्यौं। तर अफसोच, यसैको ब्याज खाँदै हामीलाई सामन्ति संस्कारको जालोले छोपियो अन्तत्वगत्वा हामी पुन घरेलु उपनिबेशमै कैद गरियौं। हामी धेरै लामो समयसम्म एक छत्रीय राजनितिबाट निर्देशित भयौं, एकादेशका भन्दा पनि एकाघरका प्राणी भयौं, किनकी हामीले राज्यको अनुभूत गर्नै पाएनौं। हाम्रो बिकास प्रगति मूलत ब्यक्तिगत हुन पुग्यो, खरका झुपडिहरुले रूप फेर्दै टिन, टायल या ढुंगा भए केही बहुत सिमित साना ठुला शहरमा मात्रै अनियन्त्रित तरिकाले आर्सिसिका घर बने जसलाई हामीले बिकास हो भन्ने भ्रम पालेर बस्यौं, या बस्न बाध्य बनाइयो। तर हामी वरिपरीको बिकास भने सिर्फ समयले बोकेर आयो जून स्वभाबत ढिलो हुन्छ। यसैले अरुको इतिहास हाम्रो बर्तमान भयो, अन्य देशमा संग्रालयमा राखिएका पुराना सामाग्रीहरु हाम्रा सहारा बनिरहे। हाम्रो सामन्ती संस्कारको जगले गर्दा थोरै प्रगति हुंदा पनि हामी अहम् देखाउने भयौं। उता सयौं बर्ष सम्म राज गर्नेहरूले नै यो प्रकृतिको संरक्षण हैन कि दहन गर्ने काम गरे हामी दर्शक बन्यौं। देश बिकासमा अपरिहार्य हुने बिज्ञान प्रबिधिलाई कुनै महत्व नदिई संस्कृत भाट नैतिक शिक्षालाई ठुलो महत्व दिइयो। सामाजिक शिक्षामा जनताको जिबनोपयोगी बिधालाई आँखा चिम्लिएर उनै राजपरिवारको गाथा गाउने बिद्या बनाइयो। हुंदा हुँदै हामी सिर्फ बीर नेपालीको गीत, अनि हरियो बन हिमालको भजन गाउने भजन मण्डली बन्यौं।
        बिस्तारै उठेको राजनैतिक सचेतनाले त्यों एकदलीय शासन फाल्यौतर संस्कार फाल्न सकेनौं। अनि डम्फ़ु पिट्यौ, हाम्रो संबिधान संसार भरिको उत्तम संबिधान भनेर। बर्षों सम्म थिचिएर रहेका नयाँ बर्ग नयाँ चिजलाई संस्थागत गर्न हैन कि पुरानालाई बिस्थापन गर्न कम्मर कसेर लागे। तर केही नलागे पछि सम्झौता गर्दै राज्यको हाली मुहाली गर्न थाले समाजमा नया तरिकाले भ्रष्टाचार मौलाउन थाल्यो। उनीहरुकै अग्ला घर चिल्ला गाडीले शहर केही परिबर्तन भयो, तर गाउं जस्ताको तस्तै। यही परिबेशमा तत्कालीन नेकपा माओबादीको जुर्मुराहटमा दूरदराज जुरुक्कै उठ्यो, शहर काम्न थाल्यो, छिमेक टोलाउन थाल्यो, केंद्रको कुर्ची अस्थिर बन्यो, हजारौं सपूतहरु समाज परिबार्तनको लागी आफ्नो जीबन आहुति दिन तयार भए। कहलिएका मालिकहरु पाखा लगाइए, हतियारको कमिशनमा ह्राल चुहाउनेहरु धर्मराउन थाले। यसैको फल स्वरुप सिमित क्षेत्रमा उठान गरिएको यो जनयुद्ध नेपालको सीमा नाघेर बिश्व बजारमा पुग्यो। हजारौं बालबालिकालाई  टुहुरा बनाएर, कयौ घर उजाड़ बनाएर, सयौलाई अन्योलको भुमरिमा राख्दै यो जनयुद्दले ठुलो परिबर्तन लिएर आयो। तर यो परिवर्तनलाई अत्मासात गर्न नसक्नेहरु, यो या त्यो बहानामा यसलाई रोक्ने या धिमा गतिमा अगि बड्न दिने पक्षमा छन ताकी उनिहरुको २०४७ साल ताकाको परिवर्तनलाई यो परिवर्तनले माथ नगरोस। अहिले पनि बेपत्ता तथा शहीद योद्धाहरुको सम्मान परै जाओस, मानमर्दन गर्दै त्यही जनयुद्धको हुर्मत लिन केही जमात कम्मर कसेर लागि परेको छ। उनिहरुलाई राम्रै सँग थाहा , यो युद्ध नभएको भए हिमालका भोटेहरु, मधेशका थारु, चौधरी मुशहरहरु खसानका खसहरु, तम्सालिङका तमाङहरु लिम्बुवानका लिम्बुहरु आफ्नो बोली लिएर उठ्न सक्ने हैसियतका रहने थिए। त्यसैले, फेरी पनि नयाँ भ्रमको खेती गर्न खोजिंदै , देश टुक्रन्छ भन्दै। देश जनताको लागि हो, नकि भुमिको लागि। त्यसैले जनताको भाबनालाई समेटदै नयाँ नेपाल बनाउन लागि परेनौं भने हामीलाई फेरी कसैले माफ गर्ने छैन। तर समस्या यहीँ नेर , मान्छे उही, आँखा उही, गोही बकुल्ला उस्तै ध्यानमा, अनि के बन्छ नयाँ? नयाँ बनाउन पुरानो केही छोड्नु पर्यो नि। कमीशन छोड्न मन लाग्छ, कुर्चि बुझाउन मन लाग्छ। अनि सोचौं, कसरी बन्छ नयाँ नेपालअहिले हामी यस्तो सङगीन घडी मोडमा छौं जहाँबाट हामी कुनै एक गन्तब्यमा पुग्न सक्छौँ। कुबाटो हिंड्यौं भने अन्धकार, घृणा, द्वेष कुण्ठाको आहालमा पौडी खेल्न पुग्छौं हामी सदाको लागि आदिम मान्छेको कोटरीमा थन्किन्छौं। सुबाटो हिंड्यौं भने उज्ज्वल, समता, उत्कण्ठता बोकेको स्वच्छ पोखरीमा पौडी खेल्न पुग्छौं प्रकृतिको छटा बिबिधताले भरपुर एक सुन्दर एबम शान्त देश नेपाल बन्ने छ।
           जसरी मलेरियासँग बिजय पाउन जङगलमै छाप्रो हालेर कयौं पहाडी मुलका मान्छेले समथर भुमिलाई हराभरा पारे, त्यसरी नै ऐले फेरी तिनै पहाडमा स्याउ, केरा, सुन्तला फलाएर सिसौ, सल्लो धुपी कटुस हुर्काउँदै कृषि क्रान्ति गर्न जरुरी , अनी मात्रै निर्बहामुखी कृषिको भरमा निर्बहा पनि गर्न नसक्ने कृषकको जीबन फेरिनेछ। पानी पिउन नपाउने, फोहोर फाल्न नसक्ने, जागिर खोज्न नसक्ने शहरीयालाई अनुशासन, नैतिकता जिपनोपयोगी शिक्षा दियौं भने शहर सधैंको लागि शान्त सम्रिद्ध हुन्छ। किट्नाषक औषधी बिषाक्त मिसिएको भुगर्भीय पानी खान बिबश तर देशलाई नै अन्न खान पुर्याउने, अनि  राजनैतीक अधिकारले पिछडिएका ति तराइका जनताहरुलाई अधिकार, सचेतना योजना दिने हो भने हामीले कुनै उथल पुथल क्रान्तिका गफ कहिल्यै गर्नु पर्दैन।  हरेक हिमालय श्रेणीको फेदमा ५०-५० जना अटाउने लज बनाइदिने हो भने पर्यटक बोलाउन कुनै पनि पर्यटन मन्त्री युरोप जानु पर्दैन। तिनै हिमालका बासिन्दालाई आफ्नो अपायक भूमि देखेर वाक्क लाग्छ। पर्यटक बोलाउन हामी कति खर्च गर्न सक्छौं, तर तिनिहरुको बसाइ तन्काउन तिनिहरुलाई नुहाउने पानी दिन सक्दैनौं। त्यसैले हाम्रो अहिलेको दायीत्व भनेको देशको भुगोल सुहाउँदो, जनतालाई चित्त बुझ्दो समय सापेक्ष्य नयाँ नेपाल बनाउने हो।    

       नयाँ नेपाल बन्न चाहिने भाबभूमि अहिले तयार भै सकेको स्थिती छ। जसरी एक लोहारले फलाम तताएर पिट्न थाल्छ, त्यसरी नै एउटा राजनैतिक परिवर्तन पछिको यो माहोलमा नहान्ने हो भने यसबाट हामी नयाँ नेपाल त के पुरानो नेपालमा पनि फर्काउन सक्दैनौँ। समयको गतिलाई नबुझी यसैलाई रोक्न प्रयत्न गर्नेले रोकिएको साइकलको नियतिलाई बुझ्ने कोशीष गर्नु पर्छ। जनतालाई खिसिट्युरी गर्दै जनताको अभिमतलाई बेवास्ता गर्नेले नियमत: नयाँ चिज बनाउन खोज्दैन। नयाँ नेपाल बन्न परिवारबादबाट बाहिर निस्कनु पर्छ, कुर्चिमा उक्लिने ओर्लने समयको भेउ पाउनु पर्छ, कनिका हैन नियमित चारा बटुल्नु पर्छ, फुर्सदको समयमा पार्टी फुटाउने हैन, मनांग, डोल्पा, दैलेख संखुवासबा डुल्नु पर्छ, अनि बन्छ नयाँ नेपाल। अहिले सम्बृद्ध भएका केही मुलूकहरू युद्ध पछि बिकासको फड्को मारेका छन, यसको ज्वलन्त उदहारण यही जापान हो। एक चोटी नेतृत्व प्रति बिश्वास जाग्यो भने, क्यारेम बोर्ड दहरमारा खेल्ने सबै जनता गल, घन गैंची बोकर घर घरबाट निस्कनेछन। कुनै एउटा पुस्ताले दु: नगरी कुनै पनि देश बनेको उदाहरण छैन, जसको अपबाद नेपाल हुनै सक्दैन। यसैले नयाँ नेपाल बनाउने एक गहन जिम्मेवारी चुनौती हाम्रो काँधमा आएको , जो यो यथार्ततालाई स्विकार्दैन यसको बाधक भएर आउँछ, बढारिएर जाने छ। जसको पहिलो दृश्य हामीले देखी सक्यौं। आशा गरौँ, हामी भित्र हाम्रो नेत्रित्व बर्गसँग दर्हो इच्छा शक्ति , जसले यो अभियानलाई पुरा गरेर छोड्नेछ।  


Wednesday, September 30, 2009

परदेशी दशैं

खै यो पनी के दशैं?
न जूनको स्वाद छ,
न लठ्ठे पिंङ्गको रन्को
न जमराको लर्को छ
न रिङ्टे पिंङ्ग को फन्को
न त छ ध्वांस बोसो खसीको
न गर्नु नै छ नापो हाते दशैंको
न छोरो माग्छ पाइन्ट् जिनको
न दुलै माग्छे सारी रूबीको
न खुद्रा साट्नु छ
न काट्नु छ टिकट
न भ्रिकुटीको मेला
न परिबरको भेला
खसोखस धरोधर्म,
यो
न दशैं न दशा
न छोरोलाई थाहा छ
न आफुले बिर्सेको छ
कस्तो निल्नु न उकेल्नुको
यो परदेशी दशैं
न अछेता यो निर्धो ललाट्मा
न पहेलो जमरा त्यों अभागी टोपीमा,
न मातापिताको आशिष
न दाजुको फर्माएस
बीचरो रित्तो दशैं बर्सेनी आउंछ
न शुक्रे फुलपाती पर्छ
न रवि दशमी
सधैं सधैं एअरपोर्टको अध्ध्यागमनबाट क्वारेंटैनमा फेल खाँदै
सिमरा फ़र्खन्छ,
यो बीचरो परदेशी दशैं
कहिले काहीं क्यान भएर आउंछ
कहिले अनलाइनको खसी भएर आउंछ
सधैं बेलुका आउंछ,
कोजाग्रत बस्छ
बिहान सैलून पस्छ,
स्टेरिंग समात्छअनी कुलेलम ठोक्छ
यो परदेशी दशैं!
रबिन्द्र प्रसाद ढकाल (आर. पी. नागबेली)
मियाजाकी, जापान
(साभार : पुरानो टाँसो, २००८ बाट)

Sunday, September 27, 2009

तिमी नभेट्टाउने म

मैले तिम्रो हात समातें,
तिम्रै आगनमा नाँचें ,
तिम्रा पुस्तक समातें,
तर तिमीलाई समात्न सकिन!
तिमीलाई खोज्न
कहाँ घुमिन?
खलियान घूमें,
चोकका रमितेलाई सोधें,
चौताराका काजीलाई चिमोटें ,
न्यायालयका मुर्तिलाई कोट्याएं,
निरुत्तर आँखा ओछ्याईरहें,
तर तिमीलाई मैले भेटिन!
तिम्रो ठाउँमा उभ्भी हेरें
मेरा खुट्टा पो कामे
तिम्रो बोलीमा एक हरफ गीत पनि गाएं,
उफ़,
स्वर तिन टुक्रा भए
तिम्रो नाममा एउटा धारा पनि लेखें,
तर पानी नै आएन
तिम्रो गाउँमा गएं,
भित्र तिम्लाई पो खोजे,
तिम्रो अफिसमा गएं,
मेरो नक्कली सांचोले तिम्रो तालै खुलेन!
फेरी गएं
तिम्रो आस्थाको अड्डामा कतै खबर पो छ कि भन्दै
मैले तिम्रो पिंग समातें,
मच्चिएको देखाएं
तिमी हराएको थाहा भयो
तिमीलाई खोजेको थाहा भएन!
एक दर्जन कान तेही छोडेर
मेरै घर हिंडें,
तर, तिम्रो घरको मोही बिर्सनै सकिन,
बिलौनी कुरौनी पनि भुल्न सकिन
मैले तिमीलाई बनाउन खोजें
तर तिमीलाई हिमालमा देखें
फेरी,
मैले मलाई तिमी बनाउन खोजें
तिमी भएँ
रहें,
अनि मैले हाम्रो बिज्ञान खोतलें,
रसायन हेरें,
हेमोग्लोबिन उही छ, डीएनएको बेस उही छ.
उसै त मर्माहत छु, झनै पोल्न पो थाल्छ,
फेरी गणित हेरें,
तिम्रो र मेरो मस निकालें
जिन र कबिता जन्म्यो
फेरी लस पनि निकालें
कता हो कता ठुलो संसार पाएं
कानून र बिज्ञान जोडिएको
स्वाँरा, फांट, कन्दरा र पाखामा
रेल जहाज र तारे होटलको खिचडी पाकेको
सब देखें,
संसार घूमें
जताततै तिमीलाई नै खोजें र तिमीलाई नै देखें
तर तिमीलाई नै पाइन.
तिमीलाई खोज्दामात्रै भेट्टाउने म
हिसाब नामिलेर झनै अलमलमा परें म
न उत्तर माला भेटिन्छ, न तिमी.
तिमी हिंडे पछिको
यो रुम्जाटारको घर
रिंगरोडको माइक्रोबस जस्तो
घुमेको घुम्यै छ
न जनबाद छ, न बिकास छ
न शान्ति छ, न अमन चैन छ,
बल्ल बल्ल अलीकती फुरेको चेतना चाहि छ
तिमी कहाँ बसेर हेरेका छौ कुनि?
हांसी हांसी ज्यान फालेर
न तिमी हास्न पायौ, न हामी
एकै छीन सोच त,
यसैलाई हो त तिमी हिंडेको ?
अब जे भयो भयो,
तिमी अन्तर्ध्यानमा देश खोज
माउतेको कान समात,
त्यों पनि अंतर्ध्यानमै
म तिमी खोज्छु अदालतमा
अनि भेटौला सिरानचोकको
स्विजर्ल्यान्ड्मा !!!